शनिबार, वैशाख १५, २०८१

निर्वाचनमा साना हतियारको डर : सीमापारि खरिद, यता खुला प्रयोग

सीमावर्ती शहर नेपालगञ्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च रहेको प्रहरी नै बताउने गरेको छ। तिहारको बेला भएका घटना सेलाए पनि अबको आसन्न निर्वाचनको सम्मुखमा यस्ता हतियारको कारोबार र प्रयोग बढ्ने गरेको विगतकै अनुभवहरु छन्।
 |  शनिबार, कात्तिक २६, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

शनिबार, कात्तिक २६, २०७९

नेपालगञ्ज- कात्तिक ६ गते आइतबार बेलुका नेपालगञ्जमा गोली चल्यो। नेपालगञ्ज उपमानगरपालिका–८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेपछि स्थानीय त्रसित बने। प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको थियो। 

triton college

बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहे पनि गम्भीर अनुसन्धान नै भएन। त्यो घटना त्यहि सेलायो। त्यसबाहेक नेपालगञ्ज र भारतसँग सीमाना जोडिएका क्षेत्रमा हतियारको खुल्लमखुल्ला कारोबार समेत हुने गरेको विभिन्न घटनाहरु पुष्टि गर्दै आएको छ। तर यसको नियमन र नियन्त्रणमा प्रहरी सधैं कमजोर देखिएको छ। 

सीमावर्ती शहर नेपालगञ्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च रहेको प्रहरी नै बताउने गरेको छ। तिहारको बेला भएका घटना सेलाए पनि अबको आसन्न निर्वाचनको सम्मुखमा यस्ता हतियारको कारोबार र प्रयोग बढ्ने गरेको विगतकै अनुभवहरु छन्। प्रहरीका लागि पछिल्लो पटक भएको गोली काण्डले निर्वाचन सुरक्षा जोखिम र खतरातर्फ संकेत गरेको छ। 

साना हातहतियार चोरी डकैती, हत्या तथा अन्य अपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ। सीमावर्ती भारतीय बजार रुपैडिहाबाट सहजै समूह र व्यक्तिले साना हातहतियारहरु सहजै नेपाल प्रवेश गराउँछन्। जसले सुरक्षा चुनौतीलाई चुनौती दिएको छ। बाँके प्रहरीले गत वर्ष अटोमेटिक पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको थियो।

गत वर्षको पुसमा पनि नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकापुरबाट २६ वर्षीय पंकज कुर्मी एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका थिए। त्यसको केहि समय पहिले बाँकेको खजुरा स्थित एक घरमा चोरी गर्दासमेत पेस्तोल प्रयोग गरी चोरी भएको थियो। केही साताको अनुसन्धानपछि चोरीमा संग्लन दुई भारतीय नागरिक जानकी गाउँपालिकाबाट पेस्तोलसहित पक्राउ परेका थिए। यसरी साना हतियारहरु चोरी डकैती, हत्या तथा अन्य अपराधिक क्रियाकलापमा प्रयोग भैरहेको पुष्टि गर्दछ। 

corrent noodles
Metro Mart

खुला सिमानाका कारण र कमजोर सुरक्षा व्यवस्थापनका कारण बाँकेमा साना हातहतियारहरु सुरक्षा चुनौती बन्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘चोरी डकैती लगायतका क्रियाकलापमा साना हातहतियारको प्रयोग गरेको देखिन्छ।’ अधिकारीको भनाई छ, ‘खुला सिमानाको फाइदा उठाउँदै साना हातहतियारको प्रयोग र ओसारपसार हुने गरेको देखिन्छ, यसले जिल्लामा सुरक्षा चुनौती सधै नै छ तर हातहतियार प्रयोग र ओसारपसार रोक्न हामी लागिरहेका छौं।’ प्रहरी उपरिक्षक अधिकारीले निर्वाचनलाई भयरहित बनाउन त्यस्ता हतियार चलायमान हुने अवस्थालाई निगरानी गर्दै आएको बताए। 

हतियार बुझाउन अटेरी
बाँके जिल्लामा इजाजत लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङख्या धेरै भए पनि निर्वाचनको बेला त्यस्ता हतियारहरु प्रहरीले संकलन गर्न सकेको छैन। प्रहरीले बारम्बार सार्वजनिक सूचना निकालेर हतियार बुझाउन आग्रह गरे पनि प्रहरी एकाइमा हतियार जम्मा भएको छैन। 

आसन्न निर्वाचन शान्तिसुरक्षा व्यवस्थापनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी जिल्ला प्रशासन कार्यालयले सुरचना निकालेर घर तथा व्यक्तिसंग रहेका इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको छ। तर कोही कसैले पनि हतियार बुझाएका छैनन्। 

गत वैशाखमा पनि स्थानिय तह निर्वाचनका बेला १० वटा मात्र हतियार प्रहरी एकाइमा जम्मा भएका थिए। जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क अनुसार ५५५ जनाले हतियार राख्न अनुमति लिएका छन। गत आर्थिक वर्ष २०७८/७९ मा एउटा हतियारको नामसारी भएको छ। उक्त अवधीमा १६९ वटा हतियार नवीकरणा गरेको प्रशासनले तथ्याङ्क राखेको छ। प्रशासनले हातहतियार नवीनकरणबाट मात्रै गत आर्थिक वर्षमा पाँच लाख रुपैया राजश्व असुल गरेको छ। 

बाँकेमा ३०० भरुवा बन्दुक र ५३४ वटा बारबोर रहेका छन। यस्तै पेस्तोल सात, बारबोर एकनाले १७७, दुइनाले २४१, राइफल ८८, एअरगन तीन, ३२ बोर तीन थान रहेको छ। जस्मा सटगन दुइ थान र १६ बोर राइफल चार थान सहित ८३४ वटा हतियार रहेका छन्।

निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना जारी गरिएको थियो। कार्यालयले निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जनाएको छ। इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी इकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको थियो। 

तर निर्वाचनको बेला हतियार जम्मा गर्ने सुचना जारी गरिएकोमा हालसम्म कुनै पनि हतियार जम्मा भएको छैन अनुमति लिएर राखिएका र भारतबाट भित्रिने हतियार निर्वाचन सुरक्षाका लागि चुनौती बन्दै गएको प्रहरीले बताएको छ। प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा छोटा हतियार त्यसमा पनि कटुवा पेस्तोल बढि नै प्रयोग हुने गरेको छ। खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थितिले भारतबाट सहजै रुपमा अवैध हतियार भित्रिने गरेको छ। 

सरकारी इजाजत लिएका हतियार जम्मा गराउन र भारतबाट अवैध हतियार भित्रिन नदिन सीमा नाका तथा जिल्लामा निगरानी तथा सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरीले बताएको छ। इजाजत प्राप्त हतियार प्रयोग भएमा कडा कारबाहीको चेतावनी समेत दिएको छ। जिल्ला प्रहरी प्रमुख अधिकारीले लाइसेन्स भएका हतियार सबै जम्मा गराउन कडाई गरिएको बताए। उनले नाकाहरुबाट पनि कुनै अवैध हातहतिषार र आपराधिक व्यक्तिको घुसपैठ रोक्न सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ। 

सजिलै खरिद गर्न सकिन्छ हतियार
साना हातहतियार सीमापारि भारतीय बजारमा सहजै खरिद गर्न सकिन्छ। यदि सुराकी लागेन भने त्यहाँबाट सहजै नेपाल ल्याउन सकिन्छ। कमजोर सुरक्षा व्यवस्थापन र खुला सिमानाको फाइदा उठाउँदै हतियार नेपालमा ल्याएर कारोबार गर्न सकिने प्रहरीको अध्ययनले नै देखाएको छ। नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका सहरमा केही मानिस हतियार राखेर खुलेआम घुम्ने गरेको पाइन्छ। 

आउँदो स्थानीय तह निर्वाचनमा साना हतियार सुरक्षा चुनौतीको रुपमा देखा पर्नसक्ने बाँके प्रहरीले बताएको छ। सीमावर्ती क्षेत्रका जिल्लामा साना हातहतियारले सुरक्षा चुनौती हुने भन्दै उनले सोहीअनुसार सुरक्षा योजना बनाइको बताए। ‘बाँके पनि सीमावर्ती जिल्ला भएकोले ठूला चाडपर्व र यस्ता निर्वाचनको बेला साना तथा छोटा हतियारहरु सुरक्षा चुनौती बन्ने गरेका छन। तर पहिले देखि नै यसो विषयमा सचेत छौँ। यस्ता हतियार कोसँग हुनसक्छ भनेर निगरानीमा राख्ने काम भैरहेको छ।’ प्रहरी उपरिक्षक अधिकारीले बताए। 

'भारतसँग सीमा जोडिएका सबै जिल्लामा साना हातहतियारले सुरक्षामा चुनौती हुन्छ। साना हतियार हुनसक्ने आंशकाले नै हामीले प्रहरी परिचालन गरेर चेकजाँच गर्ने गरेका छौं।' अधिकारीले बताए, 'स्थानीय तहको निर्वाचन घोषणा भइसकेको अवस्थामा साना हातहतियार सुरक्षा चुनौती बन्न सक्छन्। अवैधरुपमा साना हतियार राख्न सक्ने मानिसलाई निगरानीमा राख्नुका साथै उनीहरुले प्रयोग गर्ने गाडीहरुमा खानतलासी गर्ने गरेका छौं।' तर अहिलेसम्म निगरानीमा राखेका मानिसबाट हातहतियार बरामद भएको छैन। साना हतियार लुकाउनसमेत सहज हुने भएकोले प्रहरीलाई पत्ता लगाउन पनि सहज छैन।

निर्वाचनमा कसैले आफ्नो शक्ति देखाउन साना हतियारको प्रयोग गर्नसक्ने भएकाले प्रहरीले आफूलाई सजक बनाएको बताएको छ। सीमा क्षेत्रमा समेत प्रहरीको उपस्थिति बढाएर सकेसम्म भारतबाट साना हतियार भित्रिन नदिन लागिपरेको प्रहरीको भनाइ छ।

प्रकाशित: Nov 12, 2022| 10:47 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।