शुक्रबार, जेठ २९, २०८३

खाद्यान्न आयात ५० प्रतिशतले घट्यो

चालू आवको साउन, भदौ र असोजमा ९ अर्ब २६ करोड १७ लाख ८३ हजारको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको छ भने गत वर्ष सोही अवधिमा २७ अर्ब ७० करोड ८४ लाख ५२ हजारको ४६ करोड ४९ लाख ६ हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्यांक।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चामल, धान, मकै, गहुँ, कोदो, जौलगायत खाद्यान्न आयात झन्डै ५० प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७.७ प्रतिशतले घटेको विभागको तथ्यांकले देखाएको हो। 

National life

चालू आर्थिक वर्षको साउन, भदौ र असोजमा ९ अर्ब २६ करोड १७ लाख ८३ हजारको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको छ। गत वर्ष सोही अवधिमा सरकारले २७ अर्ब ७० करोड ८४ लाख ५२ हजारको ४६ करोड ४९ लाख ६ हजार केजी खाद्यान्न आयात गरेको थियो। 

चालू आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयातमा १६.२० प्रतिशतले कमी आएको छ। समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको विभागले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्षको साउनदेखि असोजसम्म चामल, मकै, गहुँ र धान आयातमा कमी आएको विभागको तथ्यांक छ। 

गत वर्षको तुलनामा यो वर्ष गहुँ आयात ९६ प्रतिशतले कमी आएको छ भने मकै ४० प्रतिशत, धान ८७ प्रतिशत र चामल ३२ प्रतिशतले आयात घटेको छ। विभागका अनुसार सो तीन महिनाको अवधिमा ४ अर्ब ९३ करोड ३२ लाख ५२ हजार बराबरको चामल आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ७ अर्ब २१ करोड ९८ लाखको चामल आयात भएको थियो। 

यस्तै, ३ महिनामा ४ करोड ८५ लाख २१ हजार रुपियाँको गहुँ आयात भएको छ। गत वर्ष सोही अवधिमा १ अर्ब ३१ करोड १६ लाखको गहुँ आयात भएको थियो। अघिल्लो वर्षको साउनदेखि असोजसम्म ५ अर्ब ६४ करोड २५ लाखको मकै र ३८ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको धान आयात भएको विभागको तथ्यांक छ।

Shivam cement

यस वर्षको सोही अवधिमा मकै ३ अर्ब ४० करोड ११ लाख ५१ हजार र २ अर्ब ८८ करोड ९३ लाखको धान आयात भएको छ। चालू आवको पहिलो तीन महिनामा १ करोड १३ लाख ५३ हजारको ३ लाख ३८ हजार केजी कोदो र १८ करोड ८७ लाख २२ हजारको ५५ लाख २८ हजार केजी अन्य खाद्यान्न आयात भएको छ। सोही अवधिमा ६५ लाख रुपैयाँको जौ आयात भएको विभागले बताएको छ। भारतले गत जेठदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै आयातमा कमी देखिएको हो।

प्रकाशित: Nov 10, 2022| 12:41 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्