बिहीबार, पुस १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आइसल्याण्डमा राष्ट्रपति भण्डारीलाई दिइयो ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’

आइसल्याण्डमा राष्ट्रपति भण्डारीलाई दिइयो ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

रासस

रासस

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गरिएको छ।

National life

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को आइसल्याण्डमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेकी थिइन्।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी भएकी थिइन्।

त्यहाँ उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरेकी थिइन्।

Laxmi sunrise bank

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेकी थिइन्।

उनी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: Nov 10, 2022| 07:05 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।