दाङ- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले ४ मंसिरपछि वर्तमान वाम लोकतान्त्रीक गठबन्धन भत्किने दाबी गरेका छन्।
दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गरेका हुन्। त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने उनको भनाइ छ।
देश र राष्ट्रियता बचाउन एमालेको नेतृत्व चाहिने उनले बताए। वर्तमान गठबन्धन अग्रगामी नभएको उनको आरोप थियो।
‘नेताको टाउको जोडिँदैमा गठबन्धन हुँदैन। यो गठबन्धन जनताको मतले भत्किँदै छ,' उनले भने।