तेह्रथुम- जनता समाजवादी पार्टी नेपालका सूर्यबहादुर लिम्बु (सुर्य मादेन) ले आफ्नो उम्मेदवारी निस्क्रिय गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निस्क्रिय गरेको सार्वजानिक गरेका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुम प्रदेशसभा (क) मा उम्मेदवारी दिएका मादेनले लोकतान्त्रीक बाम गठबन्धनका प्रदेशसभा (क) का साझा उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय गरेको बताए। जनताको संघीय लोकतान्त्रीक संबिधानलाई रक्षा गर्नका साथै निश्चित मूल्य मान्यता र मापदण्डको आधारमा बनेको गठबन्धनलाई समर्थन गर्न उम्मेदवारी निस्क्रिय गरेको विज्ञप्तिमा जनाइएको छ।
एक स्वस्तन्त्रसहित ९ जनाको प्रदेशसभामा उम्मेदवारी रहेको तेह्रथुमको प्रदेशसभा (क) मा मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय गरेपछि ८ जना चुनावी मैदानमा छन्।