सोमबार, वैशाख ७, २०८३

पाकिस्तानमा आतंकवादी हमलामा परी दुई प्रहरीको मृत्यु

अज्ञात आतंककारीहरूले मध्यरातमा जिल्लाको रघजाई क्षेत्रको १ प्रहरी चौकीमा आक्रमण गरेका र परिणामस्वरूप प्रहरीहरू हताहत भएका सञ्चारमाध्यमले जानकारी दिएका छन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

National life
kumari

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको दक्षिण भागमा पर्ने वजिरिस्तान जिल्लामा मंगलवार राति भएको आतंकवादी हमलामा परी कम्तीमा २ प्रहरीको मृत्यु हुनुको साथै अन्य ३ जना घाइते भएका प्रहरीले जनाएको छ।

अज्ञात आतंककारीहरूले मध्यरातमा जिल्लाको रघजाई क्षेत्रको १ प्रहरी चौकीमा आक्रमण गरेका र परिणामस्वरूप प्रहरीहरू हताहत भएका सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

आतंककारीहरूले एम्बुलेन्स र प्रहरी चौकीमा आगजनी गरेका र चौकीबाट २ दर्जनभन्दा बढी मशिनगन, १ थान हलुका मेशिन गन र फिल्डर कार समेत चोरी गरेको प्रहरीले जनाएको छ।  -सिन्ह्वा

प्रकाशित: Nov 10, 2022| 02:05 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।