मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • यमनमा बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या

यमनमा बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारप्रति वफादार जनरल उक्त घटनामा मारिएका हुन्।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

एडेन- अज्ञात बन्दुकधारीहरूले उत्तरपूर्वी यमनको मारिबमा एक जनरलको गोली हानी हत्या गरेका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारप्रति वफादार जनरल उक्त घटनामा मारिएका हुन्।

सरकारको नियन्त्रणमा रहेको प्रान्त मारिबमा नकाब लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उनका अंगरक्षकको हत्या गरेका हुन्।

अल–जरादी सहरमा आफ्नो कार्यबाट फर्कदै गर्दा बन्दुकधारीहरुले उनलाई बोकेको सैन्य गाडीमा बन्दुक प्रहार गरेका थिए।

अल–जरादी साउदी अरब समर्थित यमनी सरकारी सेनाका एक वरिष्ठ कमाण्डर थिए। उनले व्यक्तिगत रूपमा विगतका वर्षहरुमा हुथी विद्रोहीविरुद्ध ठूलो मात्रामा सैन्य कारवाहीको नेतृत्व गर्दै आएका थिए।

आक्रमणकारीहरु गोली चलाएर भाग्न सफल भएको बताइएको छ। स्थानीय सुरक्षाबलहरुले हत्याको अनुसन्धान सुरु गरिसकेका अधिकारीहरुले जानकारी दिएका छन्। तेलको धनी प्रान्त मारिबलाई कब्जामा लिनका लागि साउदी अरब समर्थित यमनी सरकारी सेना र हुथी विद्रोहीबीच बारम्बार भीषण लडाईहरु भइरहेका छन्।

kumari

प्रायः शिया सम्प्रदाय मान्ने हुथी विद्रोही समूहले देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेसँगै सन् २०१४ मा गृहयुद्ध भड्किएको थियो। पछि हुथी विद्रोहीले राजधानी सानाबाट यमनी सरकारलाई पनि लखेटेको थियो।  -सिन्ह्वा

प्रकाशित: Nov 10, 2022| 01:05 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।