सोमबार, भदौ २२, २०८३

प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त

मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

विराटनगर- मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन्। यसक्रममा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार डा शेखर कोइराला चुनावी प्रचारप्रसारमा व्यस्त छन्। उनी विसं २०७४ मा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितबाट पराजित भएका थिए। सोही क्षेत्रका एमालेका तर्फबाट पण्डित पुन: निर्वाचनमा होमिएका छन्।

विगतको भन्दा फरक शैली अपनाएर चुनावी मैदानमा उत्रेका उम्मेदवार निर्वाचन आचारसंहिता पालनासहित कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थित गर्न कार्यकर्तालाई निर्देशन पनि दिइरहेका छन्। जनसभा र आमसभा भन्दा पनि घरदैलो र कोणसभामा मात्र देखिने उम्मेदवार बिहानदेखि बेलुकैसम्म भेटघाट, चुनावी रणनीति, प्रचारप्रसार तथा कार्यकर्ता र मतदाताका गुनासो एवं मागलाई गहनतापूर्वक सुनिरहेको पाइन्छ।

यही क्षेत्रमा प्रतिनिधिसभामा मङ्गोल नेश्नल अर्गनाइजेशनका मोहनबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखाराम माझी, जनमत पार्टीका बुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल, जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, बहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास र नेपाल मजदुर किसान पार्टीका चिरञ्जीवी खतिवडा उम्मेदवार बनका छन्। सबै उम्मेदवारले जनतालाई आ-आफ्ना पक्षमा आकर्षित गराउने पक्षमा कसरत गरिरहेका छन्।

कूल एक लाख २६ हजार सात सय ६१ मतदाता रहेको यस क्षेत्रको प्रदेशसभा १ मा ७८ हजार नौ सय ६४ र २ मा ४७ हजार सात सय ९७ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। सो क्षेत्रमा मतदानस्थल ३९ र मतदान केन्द्र एक सय ४१ छन्। कार्यालयका अनुसार यस क्षेत्रमा बूढीगङ्ग गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाका वडा नं ४,५,६,७,९,११ र १२ तथा सुन्दरहरैचा नगरपालिकाका वडा नं २,३,४,५,६ र ७ पर्दछन्।

प्रकाशित: Nov 09, 2022| 21:30 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...