शुक्रबार, जेठ २९, २०८३

कोका-कोलाको ‘ड्रिन्क-बिलिभ-विन’ अभियान शुरु

फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- फिफा वल्र्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुट्बल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वल्र्डकप विशेष लेबल लन्च गरेको छ।

National life

‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन्।

यस क्याम्पेनमा सहभागि हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँ फिफा वल्र्डकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ। त्यस्तै कोक (स्पेस) लेबल पछाडिको नम्बर (स्पेस) (आफ्नो नाम) टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ।

कातिक १५ बाट शुरु भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ। यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन्। यसको बारेमा विस्तृत शर्त तथा जानकारीहरू कम्पनीको वेबसाइटमा गएर हेर्न सकिनेछ।

पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ। यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २।२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ।

Shivam cement

प्रकाशित: Nov 09, 2022| 17:03 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्