शुक्रबार, जेठ २९, २०८३

नेशनल लाइफ इन्स्योरेन्सको लिडर्स नाइट कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने कार्यक्रम सम्पन्न गरेको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने कार्यक्रम सम्पन्न गरेको छ। कात्तिक १९ गतेदेखि २१ गतेसम्म इन्स्योरेन्सले ‘लिडर्स नाईट वीथ पारस खड्का’ कार्यक्रम काठमाण्डौ स्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको हो।

National life

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्य समेतले कार्यक्रम सम्पन्न गरिएको थियो

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले कार्यक्रमको उद्घाटन गरेका थिए।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना वरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले  सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पुर्‍याउन आफ्नो तर्फबाट गरेको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव प्रस्तुत गरेका थिए।  

Shivam cement

प्रकाशित: Nov 09, 2022| 17:03 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्