शुक्रबार, जेठ २९, २०८३

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरु

सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवा सुरुवात गरेको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- सिद्धार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिटेन्स’ सेवा सुरुवात गरेको छ।  

National life

यस सेवामार्फत विश्वका १ सय ८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकले आफ्ना परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैंकले जनाएको छ।

स्वदेशी तथा विदेशी ग्राहकले ‘भिसा रेमिटेन्स’ सेवामा आबद्ध भएका बैंकहरूको मोबाइल÷इन्टरनेट बैंकिङ तथा रेमिटेन्स कम्पनीमार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्ने बैंकले जनाएको छ। यसरी ‘भिसा रेमिटेन्स’ सेवामार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सकिने छ।

यस सेवाले ग्राहक वर्गको रेमिटेन्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने बैंकले विश्वास लिएको छ। 


प्रकाशित: Nov 09, 2022| 17:02 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्