शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्बमाथि कारोबार

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्बमाथि कारोबार

- नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोनपे गरौँ’ भन्ने नारासहित स्थापना भएको फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौँ, फोनपे गरौँ’ भन्ने नारासहित स्थापना भएको फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ। 

National life

फोनपे नेटवर्कमार्फत हाल दैनिक ४ अर्बभन्दा बढीको कारोबार हुँदै आएको फोनपेले जानकारी दिएको छ। फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेको छ। डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमीमा ठूलो परिवर्तन ल्याएको छ। 

मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगदरहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छोटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ। यस समर्थनका लागि म सबै मर्चेन्ट, ग्राहक तथा बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिन चाहन्छु।’

क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय मर्चेन्टहरूसमेत उत्साहित देखिन थालेका छन्।


प्रकाशित: Nov 09, 2022| 17:00 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्