शुक्रबार, जेठ २९, २०८३

कोरिया रोजगारीमा जान थाले ईपीएस उत्तीर्ण

कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना कोरिया रोजगारीमा गएका हुन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत कृषि तथा पशुपालनतर्फको पहिलो चरणमा भाषा र सीप परीक्षामा उत्तीर्ण दक्षिण कोरिया रोजगारीमा जान थालेका छन्। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले कृषितर्फको पहिलो चरणमा लिइएको भाषा र सीप परीक्षामा उत्तीर्ण भएकामध्ये ४०० जना दक्षिण कोरिया गएको बताएको हो।

National life

३०० सय मंसिर पहिलो सातासम्म दक्षिण कोरिया गइसक्ने बताइएको छ। शाखाका अनुसार सन् २०२२ का लागि दक्षिण कोरिया जान परीक्षा उत्तीर्ण गरेका २ हजार ७४१ जनामा १ हजार २०० जनाको कोरिया जानेको सूचीमा नाम आइसकेको छ । बाँकी रहेकाको आगामी माघसम्म सूचीमा नाम आइसक्ने शाखाले बताएको छ।

यस पटक कृषितर्फबाट दक्षिण कोरिया जान  १० हजार २९१ जनाले आवेदन दिएका थिए। दक्षिण कोरियामा नेपाली श्रमिकले राम्रो छवि बनाएकाले सूचीमा परेका अधिकांश दक्षिण कोरिया जान सक्ने शाखाका निर्देशक पुष्पराज कटुवालको भनाइ छ। कृषि तथा पशुपालनतर्फको पहिलो र दोस्रो चरणमा गरेर २ हजार ९१२ जना उत्र्तीण भएका भएकामा उक्त क्षेत्रका लागि २ हजार ७४१ जनाको माग छ। 

ईपीएसअन्तर्गत दक्षिण कोरिया जान लिइने उत्पादनतर्फको दोस्रो चरणको परीक्षा गत सोमबार सम्पन्न भएको छ। सन् २०२२ मा उत्पादनतर्फ ईपीएसमार्फत रोजगारीमा दक्षिण कोरिया जानेका लागि दोस्रो चरणको परीक्षण २१ असोजमा सुरु भएर २० कात्तिकमा सकिएको हो। परीक्षाका लागि १८ हजार ५९५ जनाले आवेदन दिएकामा १४ हजार ४३ जना सहभागी भएका थिए।

उत्पादनतर्फको पहिलो चरणको परीक्षा २ साउनदेखि ९ भदौसम्म सञ्चालन गरिएको थियो। पहिलो चरणमा ७ हजार १४२ जना उत्तीर्ण भइसकेका छन् भने दोस्रो चरणमा करिब ८ हजार छनोट हुने शाखाले जनाएको छ। 

Shivam cement

ईपीएस शाखाका अनुसार सन् २०२२ मा ईपीएसमार्फत कोरिया जान ४२ हजार ८४२ जनाले आवेदन दिएकामा कृषितर्फ १० हजार २९१ र उत्पादनमूलक क्षेत्रमा ३२ हजार ५२० छन्।

प्रकाशित: Nov 09, 2022| 12:35 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्