शुक्रबार, जेठ २९, २०८३

सुनको मूल्य तोलामा १४ सय बढ्यो

सुनचाँदी बजारमा आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९
National life
Shivam cement

काठमाडौं– सुनचाँदी बजारमा आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ। हिजो  प्रतितोला ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९५ हजार चार सय तोकिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय थियो।    

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ पुगेको छ। महासंघले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

प्रकाशित: Nov 09, 2022| 12:12 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्