शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारी सञ्चालक, ऋणी र कर्मचारीलाई साँवा–ब्याज बुझाउन १५ दिने समयसीमा

सहकारी सञ्चालक, ऋणी र कर्मचारीलाई साँवा–ब्याज बुझाउन १५ दिने समयसीमा

१५ दिनभित्र तिर्नुपर्ने साँवा, ब्याज नबुझाउने सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं– सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु, बुझाउनुपर्ने ऋण र दायित्वको साँवाब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १५ दिने सूचना जारी गरेको छ।

National life

समितिले पटक–पटक सम्पर्क, पत्राचार र राष्ट्रिय स्तरका पत्रपत्रिकामा सूचना प्रकाशन गर्दासमेत हालसम्म पनि संस्थालाई तिर्न, बुझाउनुपर्ने ऋण र दायित्व बाँकी भएकाले १५ दिने सूचना सार्वजनिक गरिएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले बताए।

१५ दिनभित्र तिर्नुपर्ने साँवा, ब्याज नबुझाउने सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिनेछ।

सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी, कन्जुमर वचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन्।

यसैगरी प्यासिफक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कुँवेर बचत तथा ऋण सहकारी संस्था, भेगास बचत तथा ऋण सहकारी संस्था  र सोसाइटल बचत तथा ऋण सहकारी संस्था रहेका छन्।

Shivam cement

सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको व्यवस्थापन कार्यालयले नै गर्दै आएको  समितिको सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख पौडेलले बताए। समस्याग्रस्त सहकारीका धेरैजसो वचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। बाँकीलाई पनि छिटो बचत फिर्ता गर्न कानुनबमोजिम कारबाहीको चरणमा प्रवेश गर्न बाध्य भएको उनको भनाइ छ।–रासस

प्रकाशित: Nov 09, 2022| 12:08 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्