सोमबार, वैशाख २८, २०८३

डोटी भूकम्प अपडेट : घाइते आठ जनाको उद्धार

डोटी केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- डोटी केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

National life

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका ६ जनाको मृत्यु भएको हो।

पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय बगबती बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक भोलाकुमार भट्टले बताए।

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, विस्ना देवी बोहरा, थाना बोहरा, महावीर बोहरा, केशर सिंह बोहरा र जगु देवी बोहरा घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको डीएसपी भट्टले बताए।

भुकम्पले उक्त गाउँका ८ घरमा पूर्ण रूपमा क्षति गरेको प्रहरीको भनाइ छ। बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युटको भूकम्पले ग्रामीण भेगका दर्जनौ घर भत्किएका छन्। 

भूकम्प मापन केन्द्र का अनुसार गएराती २ बजेर १२ मिनेटमा ६.६ को, ९ बजेर ७ मिनेटमा ५.७ को र ९ बजेर ५६ मिनेटमा ४.१ को हो भूकम्प गएको हो। 

घाइते पाँच जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले थप उद्धार गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 09, 2022| 08:25 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।