काठमाडौं- प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
गए राति करिब १२ बजेतिर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। लु१ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा मैया घर्ती, खुमन थापा र बच्ची थापाको मृत्यु भएको प्रहरीको भनाइ छ।
प्यूठान नगरपालिका-५ खैराबाट जिप पूर्णगाउँ जाँदै गर्दा दुर्घटनामा परेको थियो। जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको बताइएको छ।