आइतबार, वैशाख २८, २०८२

शुभश्री कलेजले हल्ट प्राइज आयोजना गर्ने

शुभश्री कलेज अफ म्यानेजमेटले पहिलो पटक हल्ट प्राइज आयोजना गर्ने भएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

vianetvianet

काठमाडौं– शुभश्री कलेज अफ म्यानेजमेटले पहिलो पटक हल्ट प्राइज आयोजना गर्ने भएको छ। यस कार्यक्रममा सहभागी समूहहरुले आफ्ना सिर्जनात्मक विचारहरु निर्णायक मण्डलमाझ प्रस्तुत गर्नुपर्ने आयोजकले जनाएको छ।

triton college

हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम विश्वविद्यालयका विध्यार्थीहरुको दिगो विकासका लागि लक्षित रहेको छ। यस वर्षको विषय रिडिजाइनिङ फेसन रहेको छ। कार्यक्रम १२० देशमा आयोजना हुनेछ। 

कार्यक्रममा मुख्यतः चार चरणहरु हुनेछन्– अन क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल। यी चरण पार गरेपछि विजेता टिमले लगानीका लागि १ मिलियन डलर प्राप्त गर्नेछन्।

२०२२–२३ को कलेज निर्देशकमा पवन फुलारा, डीसीडीमा सुमित मान श्रेष्ठ र १५ जना आयोजक समितिमा नियुक्त भएका छन्। आयोजक समितिले विभिन्न कार्यक्रमको तयारी सुरु गरेको छ।

प्रकाशित: Nov 08, 2022| 13:32 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्