शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण, नयाँ युगको आरम्भ

बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण, नयाँ युगको आरम्भ

बीमा समिति मंगलबार (आज) बाट प्राधिकरणमा रुपान्तरण भएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- बीमा समिति मंगलबार (आज) बाट प्राधिकरणमा रुपान्तरण भएको छ। समितिको नामबाट बीमा कम्पनीको नियमन गर्दै आए पनि आजबाट भने प्राधिरणको नामबाट नियमन हुनेछ। बीमा ऐन२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारवाही प्राधिकरणमा रुपान्तरण भएको हो। 

National life

सो ऐन भदौ अन्तिममा संघिय संसदबाट पारित भएको बीमा विद्ययेक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी थिइन्। प्रमाणीकरण भएको एक महिनामा लागू हुने कानुनी प्रावधान अनुसार ऐन मंगलबारबाट लागू हुदैछ। त्यसैले समितिले मंगलबार एक कार्यक्रम राखी समिति प्राधिकरणमा रुपान्तरण भएको औपचारिक घोषणा गर्दैछ। 

हाल कायम रहेका सञ्चालक समितिले प्राधिकरण संचालको हैसियतमा नै निरन्तरता पाउनेछन्। यस्तै समितिका कर्मचारी र यसले गर्दै आएको काम कारवाहीको दायित्व पनि स्वतः प्राधिकरणमा रुपान्तरण हुनेछ। 

नयाँ ऐन कार्यान्वयनसँगै बीमा क्षेत्रमा नयाँ युगको सुरुवात हुने बीमा क्षेत्रका विज्ञको विश्वास छ। 

नयाँ ऐनमा बीमा क्षेत्रको नियमनका लागि स्वायत्त र शक्तिशाली प्राधिकरण र अधिकार प्राप्त अध्यक्षको ब्यवस्थाले भएकाले अहिलेभन्दा छिटो छरितो तथा प्रभावकारी काम हुने बीमा क्षेत्रको विश्वास छ।

Shivam cement

ऐनमा ग्रामीण क्षेत्रका साथै गरिव तथा विपन्न वर्गमा बीमाको पहुँच बढाउनका लागि बीमा विकास कोषको ब्यवस्था गरिएको छ। सरकारलगायतको योगदानका अतिरिक्त कम्पनीहरुले प्राधिकरणलाई नियमनवापत बुझाउने शुल्कको एक तिहाई रकम राख्ने ब्यवस्था गरिएको कोषबाट गरिव तथा विपन्न वर्गको बीमा गर्न तथा बीमाको विकासमा खर्च गर्न सकिने व्यवस्था छ।

प्रकाशित: Nov 08, 2022| 10:00 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्