शुक्रबार, जेठ २९, २०८३

९ वाणिज्य बैंकले घोषणा गरे लाभांश

सोमबारसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश प्रस्ताव गरेका हुन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– ९ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण प्रस्ताव गरेका हुन्।

National life

सोमबारसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश प्रस्ताव गरेका हुन्।

९ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको रहेको छ। बैंकले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश वितरण  प्रस्ताव गरेको छ। त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ।

बैंकहरुको लाभांश प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन्। 

कुन बैंकका कति?
गत आवको नाफाबाट एभरेष्ट बैंक लिमिटेडले शेयरधनीलाई २०.६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

Shivam cement

यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद शेयर गरी कुल १३.६ प्रतिशत प्रस्ताव गरेको छ।

यस्तै, सानिमा बैंकले १० प्रतिशत बोनस र ०.९८ प्रतिशत नगद सेयर गरी सेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसिसी बैंकले ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले ६  प्रतिशत बोनस सेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण घोषणा गरेका छन्।

कुमारी बैंकले १२.५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले ९ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.२१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेका छन्। लाभांश घोषणा गरेका ९ वाणिज्य बैंकमध्ये एनसिसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ।

प्रकाशित: Nov 07, 2022| 17:32 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्