शुक्रबार, जेठ २९, २०८३

एक सातामै साढे साढे २१ अर्ब बढ्यो निक्षेप

गत साता वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढेको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९
National life
Shivam cement

काठमाडौं– गत साता वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप बढेको छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार अघिल्लो हप्ता १७ अर्ब १३ करोड रुपैयाँले घटेको निक्षेप गत हप्ता बढेको हो।

त्यस्तै, गत हप्ता ११ अर्ब २५ करोड रुपैयाँले कर्जा प्रवाह घटेको छ। अघिल्लो हप्ता ५६ करोड रुपैयाँ कर्जा बढेको थियो।   

कात्तिक पहिलो साता वाणिज्य बैंकहरुमा ६ अर्ब २४ करोड रुपैयाँले निक्षेप घटेको थियो भने ४ अर्ब ५४ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण वाणिज्य बैंकहरुमा निक्षेप बढेको बैंकर्स एसोसिएसनको अनुमान छ। 


प्रकाशित: Nov 07, 2022| 16:56 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्