मंगलबार, वैशाख २९, २०८३

डेंगु संक्रमितको आँकडा ५० हजार बढी

गत साउनदेखि सुरु भएको डेंगु संक्रमणबाट हालसम्म ५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

National life

काठमाडौं– स्वास्थ्य मन्त्रालयले नेपालमा डेंगु रोगीको संख्या ५० हजार नाघेको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय थप ३ हजार ४९५ जनामा डेंगु पुष्टि भएको छ।

योसँगै देशभर कुल डेंगु रोगीको संख्या ५० हजार २६३ पुगेको मन्त्रालयले जनाएको छ। गत १४ कात्तिकमा यो संख्या ४६ हजार ७६८ थियो।

डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिइसकेको छ।

प्रकाशित: Nov 07, 2022| 16:30 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्