शुक्रबार, जेठ २९, २०८३

ई–स्पोर्ट्समा नेपालले जित्यो ५९ लाख पुरस्कार

१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट डिआरएस र स्काइलाइट्जलगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– नेपालका तीन समूह पब्जी मोबाइल प्रो–लिग २०२२ को साउथ एसिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार जित्न सफल भएका छन्।

National life

नेपालबाट सहभागी डिआरएस गेमिङ र स्काइलाइट्ज गेमिङले उक्त पुरस्कार जितेका हुन्। १ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोस्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काइलाइट्जले तेस्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन्।

चार दिनसम्म सञ्चालन भएको २४ म्याचको च्याम्पियनसिपमा मंगोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ। गडलाइकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो। 

दोस्रो स्थानमा रहेको डिआरएसले २५६ अंक प्राप्त ग¥यो। यस्तै, तेस्रो स्थानमा रहेको स्काइलाइट्जले २३१ अंक प्राप्त ग¥यो।

१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट डिआरएस र स्काइलाइट्जलगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए। डिआरएस, स्काइलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि छनोट हुन सफल भएका छन्।

Shivam cement

पहिलो पटक यस प्रतियोगितालाई फिल्म हलको ठूलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो।  पब्जीलाई रुचाउने ठूलो संख्याका दर्शकले प्रत्यक्ष मनोरञ्जन लिएका थिए।


प्रकाशित: Nov 07, 2022| 13:21 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्