शुक्रबार, जेठ २९, २०८३

मिसेलिन टायरको नयाँ सोरुम वीरगञ्जमा

मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. ले वीरगञ्जको बाईपास रोडमा नयाँ शो रुम स्थापना गरेको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९
National life
Shivam cement

काठमाडौं- मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. ले वीरगञ्जको बाईपास रोडमा नयाँ शो रुम स्थापना गरेको छ। ‘जय मा दुर्गा टायर हाउस’ नामक उक्त सोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक यूवराज बुढाथोकीले गरे।

ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा सोरूमका सञ्चालक मदन प्रसाद यादवलाई बिक्रेता नियुक्तिको प्रमाणपत्र दिइएको थियो। साथै सोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निः शुल्क प्रदान गरिएको छ।  

जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि) र पेसेन्जर (इभी, एसयुभी आदि) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ रहेको कम्पनीले जनाएको छ। मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ।


प्रकाशित: Nov 07, 2022| 13:02 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्