शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ।

National life

पुल्चोक क्याम्पस -ईन्जिनियरिङ अध्ययन संस्थानको इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ।

२० कात्तिकदेखि २६ कात्तिकसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा ८-१० कक्षामा अध्ययनरत १२-१७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुने कम्पनीले जनाएको छ।

यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिसिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिइनेछ। साथै आवश्यक स्रोत साधनको सरलीकरण र व्यवस्था गरी यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिंकको शाखाले सहजीकरण गरेका छन्।

देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए।

Shivam cement

वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरिएको र आगामी दिनमा डिजिटल साक्षरताका कुराहरुसँगै इन्टरनेटका महत्वपूर्ण विषयवस्तुहरु पनि समावेश गरिने उनले बताए।

यस कार्यक्रमका लागि चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको उनले बताए। हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन हुने लोकसका इभेन्ट म्यानेजर विपीन खनालले बताए।


प्रकाशित: Nov 07, 2022| 13:01 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्