शुक्रबार, जेठ २९, २०८३

धानबालीका भकारी भरिए, समर्थन मूल्य तोक्ने कहिले?

सरकारले वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको धानको समर्थन मूल्य अहिलेसम्म नतोकेको हो।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– कृषि मन्त्रालयले ३ महिनाअघि धानको समर्थन मूल्य तोक्न मन्त्रिपरिषद् पठाएको निर्णय अहिलेसम्म स्वीकृत नहुँदा किसान मर्कामा पर्ने देखिएको छ।

National life

सरकारले वाणिज्य मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको धानको समर्थन मूल्य अहिलेसम्म नतोकेको हो।

कृषि तथा पशुपक्षी विकास मन्त्राालयले गत साउन अन्तिम साता धानको सर्मथन मूल्य प्रस्ताव गरेको थियो। मन्त्रालयले मोटा धानका लागि २ हजार ८६७ रुपैयाँ प्रतिमेट्रिक टन र मसिनो मध्यम धानका लागि प्रतिमेट्रिक टन ३ हजार १२८ रुपैयाँ मूल्य सिफारिस गरेको थियो।

मन्त्रालयका अनुसार मोटो धानको सिफारिस मूल्य गत वर्षभन्दा प्रतिक्विन्टल ११५ रुपैयाँ र मध्यम धानको मूल्य २२६ रुपैयाँ बढी तोकिएको थियो।

कृषिले वाणिज्य मन्त्रालयमा पठाएको सिफारिस दुई महिनासम्म थन्किएको थियो। सचिव परिवर्तन र मन्त्रालयकै बेवास्ताका कारण धानको मूल्य मन्त्रिपरिषद् पेस हुन नसकेको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

Shivam cement

तिहार आउनुअघि मात्रै मन्त्रालयमा आएका वणिज्य सचिव तोयम रायले धानको मूल्य मन्त्रिपरिषद्मा पेस भइसकेको बताएका थिए। ‘निर्वाचन आयोगसँग सहमति लिएर मन्त्रिपरिषद्मा मूल्य सिफारिस गरिएको छ। केही दिनमा निर्णय आउला,’ सचिव रायले भनेका थिए। सरकारले गत वर्ष २९ भदौमा धानको समर्थन मूल्य तोकेको थियो।


प्रकाशित: Nov 07, 2022| 12:02 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्