आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ : अध्यक्ष दत्त

मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्छ : अध्यक्ष दत्त

मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९
nespernesper

रासस

रासस

सोमबार, कात्तिक २१, २०७९

vianetvianet

सप्तरी- मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मैथिली भाषालाई मधेस प्रदेशमा सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिएका छन्।

triton college

सप्तरीको राजविराजमा मैथिली साहित्य परिषद्द्वारा आयोजित विद्यापति स्मृति पर्वको प्रमुख अतिथिको रूपमा बोल्दै डा.दत्तले मधेस प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकोले मैथिलीलाई नै सरकारी कामकाजको भाषा बनाउनु पर्ने बताएका हुन्।

उनले मधेसी आयोग र भाषा आयोगले संयुक्त बैठक गरेर यो विषयमा छलफल गरिसकेको र भाषा आयोग द्वारा प्रदेश सरकारलाई मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस भइसके पनि प्रदेश सरकारले बेवास्ता गर्नुप्रति चिन्ता व्यक्त गरेका छन्। उनले भाषामा राजनीति गर्नुभन्दा पनि भाषाको लागि राजनीति गर्नुपर्ने बताउँदै मैथिली भाषाको संरक्षण र सशक्तीकरण गर्न आयोगले कुनै कसर बाँकी नराख्ने बताए। 

सो दिवसको अवसरमा परिषद्ले विभिन्न विधातर्फ ३ जना लाई सम्मान गरेको छ। सो कार्यक्रममा मधेसी आयोगकी सदस्य आभा सिंह, मधेस प्रदेशको आम सञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादव, मैथिली अभियानकर्ता अजय साह शिवाली लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: Nov 07, 2022| 09:29 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।