शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतको कजारिया सेरामिक्स नेपाल भित्रियो, चार अर्बको टाइल्स उद्योग खोल्ने

भारतको कजारिया सेरामिक्स नेपाल भित्रियो, चार अर्बको टाइल्स उद्योग खोल्ने

नेपालमा सबैभन्दा ठूलो कम्पनी स्थापना गर्नेगरी दुई समूहबीच व्यावसायिक सम्झौता भएको छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- भारतको ठूलो टाइल्स कम्पनी कजारिया सेरामिक्सले नेपालको व्यापारिक समूह रमेश कर्पसँग मिलेर उद्योग खोल्ने भएको छ। 

National life

नेपालमा सबैभन्दा ठूलो कम्पनी स्थापना गर्नेगरी दुई समूहबीच व्यावसायिक सम्झौता भएको छ। सम्झौतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलान र कजारिया सेरामिक्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कम्पनीले वार्षिक ८ लाख वर्गमिटर उत्पादन क्षमतामा उद्योग सञ्चालन गर्नेछ। २ अर्ब ५० करोड भारु अर्थात् ४ अर्ब नेपाली रुपैयाँ पुँजीको कम्पनी स्थापना हुने भएको छ। दुवै समूहको लगानी ५०–५० प्रतिशत हुने बताइएको छ। कारखाना २०२३ को अन्त्यसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।

नेपाली बजारको मागलाई पूरा गरी निर्यात गर्ने परिकल्पनाका साथ उद्योग स्थापना गर्न लागिएको कजारिया सेरामिक्सका अध्यक्ष कजारियाले जानकारी दिए। नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाइल्स उत्पादनमा प्रयोग गरिने उनले बताए।

रमेश कर्पका कार्यकारी निर्देशक प्रतीक जलानले देशमा रोजगारी सिर्जना गर्न यो उद्योगले महत्त्वपूर्ण टेवा पुग्ने बताए।

Shivam cement

कजारिया सेरामिक्स भारतमा सेरामिक–भिट्रिफाइड टाइल्सको सबैभन्दा ठूलो र विश्वको सातौं ठूलो उद्योग हो। भारतका विभिन्न प्रदेशमा यसका ८ वटा उत्पादन कम्पनी छन्।

प्रकाशित: Nov 06, 2022| 19:53 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्