शुक्रबार, जेठ २९, २०८३

भेडा मर्न थालेपछि म्याग्दीका किसान समस्यामा

म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन्। २ महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिने लगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए।

National life

२ महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन्। साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए।

ठाडाखानीमा पूर्णबहादुर छन्त्यालले समेत १७ भेडा मरेका बताए। यहाँका करीब ३ दर्जन बढी घरमा परम्परागत रूपमा भेडापालन हुँदै आएको छ। 

भेडापालनको पकेट क्षेत्रका रूपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन २ समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ। भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोलीगोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमूना संकलन गरेको छ। 

कार्यालय प्रमुख जीवन आचार्यका अनुसार भेडामा आन्तरिक र बाह्य परजीविको संक्रमणका कारण भेडा मरेको बताए। उनले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताए।

Shivam cement

‘खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैं राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुका लगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौं,’ उनले भने। 

भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्यांकी समेत निर्माण गरेको तर त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यक पर्ने खोप लगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।  -रासस

प्रकाशित: Nov 07, 2022| 00:05 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्