शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ४३.२० अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम डेढ अर्ब नाघ्यो

४३.२० अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम डेढ अर्ब नाघ्यो

सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३.२० अंकको वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन नेप्से सूचक १९६५.३६ अंकमा उक्लिएको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३.२० अंकको वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन नेप्से सूचक १९६५.३६ अंकमा उक्लिएको हो। 

National life

गत साताको अन्तिम कारोबार दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो। 

आइतबार कारोबार रकम पनि बढेको छ। आज १ अर्ब ५४ करोड ८० लाख रूपैयाँभन्दा बढीको ३९ लाख १३ हजार कित्ताबराबरको सेयर कारोबार भएको छ। मुचुअल फन्ड बाहेकका अन्य सबै उपसमूहको सूचक बढेको छ।

सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ४.०८ प्रतिशत, अन्य समूहको ४.०५ प्रतिशत, म्यानु एण्ड प्रो ३.८१ प्रतिशत, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ। 

आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन हाराहारी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।

Shivam cement

प्रकाशित: Nov 06, 2022| 15:38 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्