शुक्रबार, फागुन २९, २०८२

धैरै व्यायाम स्वास्थ्यका लागि हानिकारक

सबै मानिसलाई प्रत्येक दिन ३० मिनेट शारीरिक अभ्यास गर्न सुझाव दिइन्छ। तर, आवश्यकताभन्दा बढी शारीरिक व्यायाम गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरामा हामी सजग हुनुपर्छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

National life
Laxmi sunrise bank
kumari

शारीरिक निष्क्रियताका कारण पछिल्ला दिनमा स्वास्थ्य जटिलता बढ्दै गएको छ। आवश्यक मात्रामा शारीरिक व्यायाम नहुँदा थुप्रै रोगको जोखिम बढ्दो छ। मधुमेहदेखि मुटुरोगसम्मको जोखिम निष्क्रिय जीवनशैलीका कारण बढ्दो छ।

जिम, योग, रनिङ, मर्निङ वाक, साइक्लिङ जस्ता क्रियाकलापले शारीरिक रूपमा सक्रिय राख्न मद्दत पुग्छ र यस्ता क्रियाकलापले स्वस्थ रहन मद्दत गर्छ। सबै मानिसलाई प्रत्येक दिन ३० मिनेट शारीरिक अभ्यास गर्न सुझाव दिइन्छ। तर, आवश्यकताभन्दा बढी शारीरिक व्यायाम गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने कुरामा हामी सजग हुनुपर्छ।

अधिक व्यायाम मुटु रोग तथा हड्डीका लागि हानिकारक हुनसक्छ। अमेरिकी हार्ट एसोसिएसन (एएचए) का अनुसार शरीरलाई स्वस्थ राख्नका लागि सबै वयस्क मानिसले हप्तामा १ सय ५० मिनेटसम्म मध्य तथा तीव्रता युक्त एरोबिक व्यायाम गर्नुपर्छ। केही मानिसले छोटो समयमा नै लाभ लिने भन्दै आवश्यकता भन्दा बढी व्यायाम गरेको पनि पाइन्छ। त्यसले शरीरलाई फाइदा नभई  घाटा गर्ने गर्छ।

स्वास्थ्य विशेषज्ञका अनुसार एक हप्तामा तीन सय मिनेटभन्दा बढी व्यायाम गर्नु फिजिकल 'बर्नआउट' को कारण बन्न सक्छ। जसले गर्दा स्वास्थ्यमा थुप्रै प्रकारको घाटा हुनसक्छ।

व्यायाम गर्दा शरीरमा भएको क्यालोरी खर्च हुने गर्छ, जसलाई तौल नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छ। अधिक व्यायाम गर्दा आवश्यकताभन्दा बढी क्यालोरी खर्च हुन्छ। जसले गर्दा गम्भीर थकान हुने, ऊर्जामा कमी आउने हुन्छ। अधिक व्यायाम पश्चात् शरीरलाई आरामको आवश्यकता पर्छ। यस्तो अवस्थामा अफिसमा तथा अन्य काम गर्न पनि असहज हुन्छ।

जर्मन वैज्ञानिकले गरेको शोधमा अधिक व्यायाम गर्ने मानिसमा हृदय सम्बन्धी समस्याको जोखिम पाइएको उल्लेख छ। हृदयमा पर्ने अधिक दबाबका कारण यसको कार्यक्षमतामा असर पर्ने समस्या हुने शोधले देखाएको छ। अधिक व्यायामका कारण मुटुको धड्कन बढ्ने गर्छ, जसले हार्ट अट्याकको जोखिम हुन्छ।

अधिक व्यायामका कारण आउने पसिनाले शरीरमा जाडोको समस्या बढ्छ। यसले शरीरका मांसपेशीमा समस्या पैदा गर्ने जोखिम हुन्छ। यसले मांसपेशी तथा हड्डीमा समस्या आउने हुन्छ। त्यसैले स्वस्थ तथा फिट रहनका लागि संयमित स्तरमा व्यायाम गर्नुपर्छ।

- अमर उजालाबाट

प्रकाशित: Nov 07, 2022| 06:43 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्