शुक्रबार, जेठ २९, २०८३

घरघरमै सामाजिक सुरक्षाभत्ता

पालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाका लागि घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान थालेको हो।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ।

National life

पालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाका लागि घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान थालेको हो।

भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आएका थिए।

शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियान सुरु गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। 

उनले भने, ‘हामीले बुबाआमालाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने प्रतिबद्धता गरेका थियौं। कोसिस गर्दागर्दै विविध समस्याका चाङ लाग्यो। केही ढिला भए पनि अहिले अभियान थालेका हौं।’

Shivam cement

गाउँपालिकाका जनप्रतिनिधि, वडासचिव र बैंकका कर्मचारी घरआँगनमा पुगेर भत्ता वितरण थालिएको फक्ताङलुङ पञ्जीकरण शाखाले बताएको छ।

फक्ताङलुङ–२ खेजेनिमका ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाको घरआँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता भुपेन्द्र चौलागार्इंले बताए।

उनका अनुसार प्रत्येक ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा एकल महिलाको घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण अभियान चलाइनेछ।–रासस

प्रकाशित: Nov 06, 2022| 12:20 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्