सोमबार, वैशाख २८, २०८३

आइसल्यान्ड भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी

महिला राजनीतिज्ञको विश्वव्यापी सन्जाल ‘वुमन पोलिटिकल लिडर्स कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी २१ देखि २६ कात्तिकसम्म आइसल्यान्ड भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले बताएको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्यान्डको औपचारिक भ्रमण गर्ने भएकी छन्। महिला राजनीतिज्ञको विश्वव्यापी सन्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी २१ देखि २६ कात्तिकसम्म आइसल्यान्ड भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

National life

शुक्रबार भ्रमण तयारीबारे परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताए।

सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्यान्ड भ्रमणमा जानेछन्। राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ। भ्रमण क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्रले जनाएको छ।

राष्ट्रपति भण्डारी २१ कात्तिक बेलुकी ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्नेछन् भने भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट २६ कात्तिक बिहान ७ः३० बजे स्वदेश फर्किने कार्यतालिका छ।

कार्यक्रममा उपस्थित सरोकारवाला मन्त्रालय मातहत निकाय र चार वटै सुरक्षा निकायका प्रतिनिधिले राष्ट्रपतिको भ्रमणलाई त्रुटिरहित रुपमा सफल बनाउने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: Nov 04, 2022| 16:25 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।