बिहीबार, भदौ २५, २०८३

ओस्करका लागि ९२ देशका फिल्मसँग भिड्दैछ 'ऐना झ्यालको पुतली'

प्राप्त फिल्ममध्येबाट द एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले डिसेम्बर २१ मा अन्तिम १५ को सूची तयार गर्नेछ भने मनोनयन घोषणा जनवरी २४ मा हुनेछ। ओस्कार समारोह मार्च १२ मा हुनेछ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- ओस्कर अवार्डको ९५औं संस्करणअन्तरगत अन्तर्राष्ट्रिय फिचर विधातर्फ ९२ वटा देशका फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन्। 

प्राप्त फिल्ममध्येबाट द एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले डिसेम्बर २१ मा अन्तिम १५ को सूची तयार गर्नेछ भने मनोनयन घोषणा जनवरी २४ मा हुनेछ। ओस्कार समारोह मार्च १२ मा हुनेछ।

सन् २०२० मा कुल ९३ मुलुकका फिल्मले भाग लिएका थिए र त्यो रेकर्ड पनि थियो। प्राप्त ९२ फिल्म ओस्कारद्वारा गठित ११ जनाको समूहलाई पठाइएको छ। यो कमिटीले फिल्म हेरेर मनोनयन तय गर्नेछ।

नेपालबाट यसपटक ‘ऐना झ्यालको पुतली’ ओस्करमा सिफारिस भएको छ। निर्माता रामकृष्ण पोखरेल ओस्कार समारोह हुने अमेरिकाको लस एन्जलसमै रहेर ओस्कर मतदातामाझ माहोल बनाउन प्रयासरत छन्।

यस वर्ष अन्तर्राष्ट्रिय फिचर विधा दशककै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कुन देशले यो विधामा बाजी मार्न सक्ला भनेर प्रक्षेपण गरिरहेका छन्।

हलिउड रिपोर्टर, भेराइटी, गोल्डडर्बी लगायतले नेपालको फिल्म ‘ऐना झ्यालको पुतली’लाई दाबेदारभन्दा पनि बलियो प्रतिस्पर्धीको रुपमा प्रक्षेपण गरेका छन्।

नेपालमा दशककै उत्कृष्ट फिल्मको रुपमा समीक्षकबाट चर्चित उक्त फिल्म ओस्कारमा मनोनयन हुनुअघि विश्व चर्चित बुसान फिल्म फेस्टिभलमा राम्रै प्रशंसा बटुलेको थियो।


प्रकाशित: Nov 03, 2022| 23:43 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।