शुक्रबार, फागुन २९, २०८२

शिक्षक विज्ञापन खोल्ने तयारीमा आयोग

शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मङ्सिरबाट विज्ञापन गर्ने तयारी थालेको छ। पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- शिक्षक सेवा आयोगले निर्वाचनलगत्तै मङ्सिरबाट विज्ञापन गर्ने तयारी थालेको छ। पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।

National life

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको रिक्त शिक्षक पदपूर्तिको विवरण उपलब्ध नगराएको कारण विज्ञापन आह्वानमा ढिलाइ भइरहेको आयोगको गुनासो रहेको छ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शिक्षक सेवा आयोगको नियमावलीको नियम-८ मा असोज मसान्तभित्र तथ्यांक प्राप्त गरी मङ्सिरमा विज्ञापन गर्नुपर्ने व्यवस्था रहेको बताए। 

आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको र सोहीअनुसार केन्द्रले विज्ञापन दिएमा प्रक्रिया अघि बढाउन सहज हुने मरहठ्ठाको भनाइ छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पूरा हुन नसकेका दरबन्दीअनुसार विज्ञापन गर्ने तयारी थालिएको उनको भनाइ छ। 

Laxmi sunrise bank
kumari

विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुनः तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ।

शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिन लागेको हो।

प्रकाशित: Nov 03, 2022| 08:20 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्