मंगलबार, वैशाख २९, २०८३

स्थायी शिक्षक नियुक्तिको सिफारिस

खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको छ।

National life

आयोगले माध्यमिक तहमा छनोट भएका एक हजार १८४ जनालाई नियुक्तिको सिफारिस गरेको हो। 

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले छनोट भएका सबै शिक्षकले केन्द्रमा सम्पर्क गर्नुपर्ने बताएका छन्।

केन्द्रले जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइलाई ती शिक्षकलाई पदस्थापनाका लागि सिफारिस गर्नेछ। ती शिक्षक नियुक्तिका लागि २०७८ माघमा आयोगले परीक्षा सञ्चालन गरेको थियो। 

सबै विषयका लागि कुल एक हजार ४७८ स्थानका लागि परीक्षा सञ्चालन गरिएको थियो। जसका लागि ३५ हजार ५५६ जना परीक्षामा सहभागी भएका थिए। उक्त परीक्षाबाट तीन हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए तर दोस्रो तहको परीक्षामा पनि सफल भएर भने एक हजार ४७८ जना मात्रै अन्तर्वार्तामा सहभागी भएका थिए। 

प्रकाशित: Nov 03, 2022| 07:22 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्