शनिबार, वैशाख ६, २०८२

'नो नट अगेन' र शक्तिपूजक मनोविज्ञान

नो नट अगेन अभियान चलाएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीहरूले चुनाव हार्दैमा राजनीति सही वा सङ्लो होला भन्ने लाग्दैन। यो सन्दर्भमा नो नट अगेन अभियान मूल फोहोर भएको ठाउँमा घाट सफा गर्ने काम मात्र हो। घाट सधैंलाई सङ्लो बनाउन मूल नै सफा गर्नुपर्छ।
 |  बिहीबार, कात्तिक १७, २०७९
nespernesper

भानु बोखिम

भानु बोखिम

बिहीबार, कात्तिक १७, २०७९

vianetvianet

नेपाली राजनीति वितृष्ण पैदा गर्ने खाले छ। तर राजनीति स्वयंले जनतामा निराशा पैदा गर्ने होइन। राजनीतिक दल तथा त्यसमा आबद्ध नेताहरूको रवैयाले वितृष्णा पैदा गर्ने हो। एकथरी चेतनशील युवा वितृष्णा पैदा गर्ने केही राजनीतिज्ञलाई नेपालको राजनीतिमा देख्न चाहिरहेका छैनन्, जसका लागि सामाजिक सञ्जालमार्फत नो नट अगेनको अभियान चलाइरहेका छन् । 

triton college

नो नट अगेन अभियान झलक्क हेर्दा ठीकै सुनिएला तर गहिरिएर हेर्ने भने यो आफैंमा सतही देखिन्छ। के यी एकाध पात्रले मात्र नेपालको राजनीति धमिल्याएका हुन्? केही शीर्ष नेताले चुनाव हार्दैमा यो देशको राजनीति सही बाटोमा आउँछ? कसैलाई सही बाटोमा आउँछ भने ऊ यो कुरामा विश्वास गर्न स्वतन्त्र छ। तर यो लेखकलाई भने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीले चुनाव हार्दैमा राजनीति सही होला भन्ने लाग्दैन। यो सन्दर्भमा नो नट अगेन अभियान मूल फोहोर भएको ठाउँमा घाट सफा गर्ने काम मात्र हो। मूल स्वच्छ नभएपछि घाटबाट एकाध फोहोर निकालेर केही हुनेवाला छैन। घाट सफा गरेर बस्नु भनेको समयको बर्बादी मात्र हो। घाट सधैलाई सङ्लो बनाउन मूल नै सफा गर्नुपर्छ। 

धमिलिएको राजनीतिले सिंगो समाजको मनोविज्ञान बोकेको छ। तसर्थ, समाजको मनोकांक्षा ठीक भए लोकतान्त्रिक पद्धतिले राजनीतिको फोहोर पनि सफा गर्दै लग्छ। नो नट अगेन अभियानमा निश्चय नै विवेकशील युवाहरू छन्। उनीहरू पढेलेखेका छन् र केही न केही गरिरहेका छन्। उनीहरूको यो अभियान समाजको उन्नतिसँग जोडिएको छ भन्नेमा सन्देह छैन। राजनीति सर्वाेच्च नीति हो, जसले देशमा अन्य नीति निर्माण र त्यसको कार्यान्वयनमा प्रभाव पारिरहेको छ। सही बाटोमा नहिँडेको राजनीतिले सही नीति निर्माण र प्रभावकारी कार्यान्वनय गर्न सक्दैन।

तसर्थ, खराब राजनीतिको नेतृत्वकर्ताले अबको निर्वाचनबाट संसद् भवनमा प्रवेश नगरुन् भन्ने अभियानको चाहना देखिन्छ। चाहना आफैंमा असल हो। तर समाजका अधिकांश मानिसहरू तिनै नेतामा भविष्य देख्छन्, जसको विरोध केही सचेत युवाले गरिरहेका छन्।  

सामान्यतया मानिस शक्तिको पुजारी हुन्छ। हाम्रो समाज आफैंले शक्ति पूजक मनोविज्ञान गर्छ। ठूलाले केही गर्छन् भन्ने विश्वास छ। ठूलाको आशीर्वाद लिने चलन पुरानै हो। यो हाम्रो संस्कार, रीति र अभ्यासमै जोडिएर आएको छ। यसले पाको पुस्तालाई सम्मान गर्न मात्र सिकाउँदैन, नजानिँदो तरिकाले शक्तिमा रहेकाको निगाह खोज्न पनि अभ्यस्त गराउँछ। यसले हाम्रो विद्रोही चेत र सोचलाई निस्क्रिय बनाएर स्वार्थी बनाउँछ। यही सोचअनुरुपको स्वार्थ हामी राजनीतिक दल तथा नेतासँग पनि राख्छौं। 

National life insurance
नो नट अगेन अभियान चलाएर शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी ओलीहरूले चुनाव हार्दैमा राजनीति सही वा सङ्लो होला भन्ने लाग्दैन। यो सन्दर्भमा नो नट अगेन अभियान मूल फोहोर भएको ठाउँमा घाट सफा गर्ने काम मात्र हो। घाट सधैंलाई सङ्लो बनाउन मूल नै सफा गर्नुपर्छ।

त्यसैले ठूला दलले भनेको कुराले हामीलाई छिटो प्रभावित पार्छ। ठूला नेताले भनेका कुराले हामीलाई धेरै लोभ्याउँछ। हामीलाई थाहा छ, उनीहरूसँग शक्ति छ। उनीहरूको शक्तिले आफूलाई, आफ्ना आफन्तलाई वा आफ्नो गाउँ–ठाउँलाई केही मिल्न सक्छ। यो भनेको शक्तिको पूजा गर्ने मनोविज्ञान हो। यसमा हाम्रो संस्कारले निर्माण गरेको मनोविज्ञानले भूमिका खेलेको थियो नै। अझ हामीले भोगिरहेको अभाव, गरिबी र विविध समस्याले स्वार्थी बनाएको छ।

शक्ति पूजक समाजमा अभावसँग जुधिरहेकालाई नो नट अगेन अभियानले छुँदैन। यो अभियानबाट टाढा रहँदा उनीहरूले आफ्नो हित देख्छन्।  

सचेत युवाले नो नट अगेन अभियानको टार्गेट शेरबहादुर देउवालाई बनाउँदै गर्दा धेरै डडेल्धुराबासी उनलाई भगवान् मानिरहेका छन्। टार्गेटमा केपी ओलीलाई राख्दै गर्दा उनको निर्वाचन क्षेत्रका धेरैले दमकको विकास ओलीले मात्र गर्न सक्छ भन्ने छ। उनीहरूप्रति समग्र नेपालमा मिश्रित धारणा होला। कुनै क्षेत्रमा उनीहरूप्रति अति नै नकरात्मक धारणा पनि होला। तर उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा बलियो जनाधार बनाएका छन्। यसो गर्न उनीहरूले शक्तिको दुरुपयोग गरेका छन्। विकासको काममा एकपक्षीय भएका छन्। तर स्रोत अभाव, चेतनाको कमी र गरिबी भएको ठाउँमा धेरैलाई नेताको यही रबैया प्यारो छ। ठूला नेताले आफ्नो क्षेत्रमा बजेट पार्ने ल्याकत राख्छन् भन्नेमा सन्देह रहेन। तर सन्तुलित विकासको सिद्धान्त र अवधारणाअनुसार नेताको यो रबैया ठीक हैन। ठीक हैन भन्दैमा हामीले यसको विरोध गर्दैनौं। आफ्नोमा बजेट धेरै आयो वा हाम्रोमा धेरै भौतिक संरचना बने भनेर खुसी नै हुन्छौं। 

यही मनोविज्ञान प्रचण्डले चितवन छाडेर गोरखा निर्वाचनका लागि जाँदै गर्दा पनि देखियो। उनका समर्थकले चितवनमा विकास नचाहनेले षड्यन्त्र गरेर प्रचण्डलाई धपाए भनिरहेका थिए। उता, गोरखामा प्रचण्डलाई देखाएर भविष्यका प्रधानमन्त्री उनै हुन् भनेर भोट माग्ने काम भइरहेको छ। ठूलो नेताको व्यक्तित्वले प्रभावित समाज हो हाम्रो समाज।  

प्रचण्ड, देउवा, ओलीले आर्जन गरेको शक्ति उनीहरूको लामो समय राजनीतिमा गरेको लगानीको प्रतिफल हो। उनीहरूले यो शक्ति देश र जनताको हितमा कम, आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न बढी प्रयोग गरेका छन्। राजनीतिक अभीष्ट पूरा गर्ने क्रममा निश्चित क्षेत्रका वा निश्चित मान्छेलाई राम्रै गरे तर समग्र देश र जनताका लागि अफाप सिद्ध भयो। यद्धपि हाम्रो राजनीतिक प्रणालीमा उनीहरूले शक्तिशाली रहने आधार खडा गरिसकेका छन्। यो आधार खडा गर्नुमा उनीहरूले हामी नागरिकको मनोविज्ञानलाई बुझेर प्रयोग गरेका छन् । त्यहीअनुरुप चुनावी रणनीति तय गर्दै आएका छन्। वर्षौंदेखि जुन समाजमा बाँचेका छौं, त्यसले निर्माण गरेको मनोविज्ञान कुनै अभियानले रातारात परिवर्तन हँुदैन। 

युवाले राजनीति सही गर्नका लागि रुमानी अभियानमा अल्झेर मात्र हुँदैन। चुट्कीको भरमा केही परिवर्तन हुँदैन। लामो समय लागेर निर्माण भएको कुनै पनि चीज भत्काउन समय लाग्छ नै। तसर्थ, राजनीति सङ्लो बनाउन निर्वाचनको मुखमा अभियान चलाएर मात्र पुग्दैन। राजनीति ठीक गर्न हाम्रो मनोविज्ञान बदल्ने दीर्घकालीन अभियानमा हिँड्नुपर्छ।

प्रकाशित: Nov 03, 2022| 07:32 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...