शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निर्वाचन आचारसंहिता लत्याउँदै राजस्व अनुसन्धानका महानिर्देशकको सरुवा

निर्वाचन आचारसंहिता लत्याउँदै राजस्व अनुसन्धानका महानिर्देशकको सरुवा

राजस्व अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि मात्रै तीन पटक महानिर्देशक परिवर्तन भइसकेका छन्।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं– सरकारले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीको सरुवा गरेको छ। उनी यसअघि सहकारी विभागबाट १० महिनामै अनुसन्धान विभाग सरुवा भएका थिए। 

National life

विभागमा गएको उनको जम्मा चार महिना मात्र भएको छ ।उनलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ भने उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन महाशाखा प्रमुख मदन दाहाललाई पठाइएको छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन १९ दिन मात्रै बाँकी रहेको समयमा उनलाई सरुवा गरिएको हो। ‘सरकारले सरुवा गरेको ठाउँमा गएर काम गर्ने मेरो कर्तव्य हो। म त्यहाँ जान्छु’, महानिर्देशक अधिकारीले नेपाल समयसँग भने, ‘तर मलाई किन सरुवा गरिएको हो भन्नेबारे कुनै जानकारी छैन।’

उनले आचारसंहिता लागू भइसकेपछि सरकारले सरुवा/बढुवा गर्न नपाइने भए पनि आफूलाई सरुवा गरिएकोबारे मंगलबार मात्रै जानकारी पाएको बताए। निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार सरकारले आयोगको अनुमति लिएर जुनसुकै कर्मचारीलाई जतिबेला पनि सरुवा गर्न सक्ने तर अनुमतिबवेगर सरुवा गर्न नसक्ने जानकारी दिए। 

उनले भने, ‘सरकारले अधिकारीको केशमा अनुमति दिएकोबारे मलाई जानकारी छैन। आयोगले निर्वाचन आचारसंहिता लागू भएपछि कुनै पनि सरकारी कर्मचारीलाई सरुवा÷बढुवाका लागि अनुमति दिएको छैन।’ 

Shivam cement

राजस्व अनुसन्धान विभागमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि मात्र तीन पटक महानिर्देशक परिवर्तन भइसकेका छन्। गत ३० जेठमा प्रकाश पौडेललाई विभाग महानिर्देशकबाट हटाएर अधिकारीलाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो। पौडेल १३ असोज २०७७ मा विभागको महानिर्देशक भएका थिए। 


प्रकाशित: Nov 01, 2022| 14:17 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्