शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया स्थगित, सर्वोच्चको आदेश बन्यो बाधक

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया स्थगित, सर्वोच्चको आदेश बन्यो बाधक

स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण कार्य तत्कालका लागि रोकिएको छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण कार्य तत्कालका लागि रोकिएको छ। कार्तिक ४ गते सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जका लागि नयाँ लाइसेन्स वितरण गर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेपछि सो कार्य रोकिएको हो। 

National life

मंगलबार नेपाल धितोपत्र बोर्डले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चतको अन्तरिम आदेशअनुसार नयाँ लाइसेन्स दिने प्रक्रिया अर्को निर्णय नहुँदासम्मको लागि यथास्थितिमा राख्ने निर्णय भएको जनाएको छ। 

यसअघि बोर्डले ४५ दिने सूचनामार्फत नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्सको लागि आवेदन माग गरेको थियो। बोर्डले आवेदनका लागि दिएको म्याद मंगलबार (आज) सकिँदैछ। 

सर्वोच्च अदालतको अन्तरिम आदेश जारी गरिसकेको र कुनै पनि आवेदन नपरेकोले नयाँ स्टक एक्चसेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स हालका लागि रद्द भएको धितोपत्र बोर्डले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले सर्वोच्च अदालतले एकातिर नयाँ लाइसेन्स नदिनका लागि अन्तरिम आदेश दिएको छ भने म्यादसम्ममा कुनै पनि नयाँ आवेदन नपरेकोले स्वतः प्रकृया रद्द भएको र यसबारे बोर्डले तत्काल कुनै नयाँ निर्णय नगरेको बताए। 

Shivam cement

सोमबार अदातलको आदेश बोर्डमा आइपुगेकोले पनि मंगलबार विज्ञप्ति जारी गरी आवेदन लिन बन्द गरेको सूचना निकालेको हो। 

बोर्डले आगामी २२ गते बोर्डको बैठक राखेको छ। सोही बैठकले अगाडी के गर्ने भन्ने बारेमा निर्णय गर्ने पनि जानकारी दिएको छ।

प्रकाशित: Nov 01, 2022| 12:47 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्