शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • अर्थ
  • पिज्जालाई खाना संस्कृतिको रुपमा विकास गर्न लागिपरेको गुरुङ परिवार

पिज्जालाई खाना संस्कृतिको रुपमा विकास गर्न लागिपरेको गुरुङ परिवार

पोखराबाट सुरु गरेर काठमाडौंमा दुइटा आउटलेट विस्तार गरेका गुरुङ पोखरा पिज्जाको फ्रेन्चाइज बिक्री गर्ने सोचमा छन्। अहिले नै हेटौंडा, चितवन, बिर्तामोड, धरानलगायत सहरमा फ्रेन्चाइज उपलब्ध गराउने तयारीमा छन् उनी।
 |  मंगलबार, कात्तिक १५, २०७९

किशोर दाहाल

किशोर दाहाल

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- पिज्जा भन्नेबित्तिकै  रेस्टुरेन्टको महँगो मेन्युमा हुने खानेकुरामध्ये एक हो भन्ने धेरैको दिमागमा आउँछ। यसको स्वादमा युवामात्रै होइन, वयस्क अनि बालबालिकादेखि वृद्धवृद्धा पनि लोभिने गरेका छन्। 

National life insurance

स्वादिलो हुँदाहुँदै पनि सबैले रेस्टुरेन्टमा गएर पिज्जा खान भने सक्दैनन्। कतिपयको समय नमिल्न सक्छ भने कतिपयले महँगो ठानेर अर्डर गर्दैनन्। पछिल्लो दशकमा काठमाडौं उपत्यकामात्र नभएर देशका सबैजसो ठूला सहरमा पिज्जा संस्कृति मौलाउँदो छ। पिज्जालाई आम उपभोक्तासम्म सहजै पुर्‍याउन धेरै उद्ममी लागिपरेका छन्। यस्तैमध्येका एक हुन् पोखरा पिज्जा हाउसका संस्थापक विजय गुरुङ, जसको पूरै परिवार नै नेपालमा पिज्जा संस्कृतिको विकास गर्न लागिपरेको छ। धनी-गरिब सबैले खान सक्ने खाजा भन्दा पनि खानाको रुपमा पिज्जालाई स्थापित गराउने ध्येयमा गुरुङ परिवार छ।

अहिले खाजाको रुपमा चिनिएको पिज्जालाई खानाकै रुपमा परिणत गर्न सके नेपालमा पिज्जा रेष्टुरेन्टहरु मज्जाले चल्ने उनको तर्क छ। ‘पिज्जालाई खाजाको रुपमा मात्रै लिने चलन छ। सबै नेपालीहरु खानाका लागि थकाली रेष्टुरेन्ट पुग्छन्। कसैले पनि पिज्जालाई खानाको रुपमा लिँदैनन्। यसलाई खानाको रुपमा विकास गर्न सकियो भने नेपालमा पिज्जा रेष्टुरेन्टको भविष्य उज्जवल छ,’ उनी भन्छन्।

यही सोचकै कारण उनले अरुभन्दा फरक स्वाद, बढी परिमाण र सुपथ मूल्यमा पिज्जा उपलव्ध गराउँदै आएका छन्। ११ वर्ष अगाडि पोखराको लेकसाइडबाट पोखरा पिज्जा हाउस मार्फत पिज्जाको व्यवसाय सुरु गरेका गुरुङले यतिबेला काठमाडौंमा पनि आफ्नो व्यवसाय विस्तार गरिसकेका छन्। कोभिड महामारीले गर्दा पोखराको पिज्जा व्यवसाय नराम्रोसँग प्रभावित भयो। पर्यटक आगमन ठप्प भएपछि पिज्जा बिक्री पनि लगभग शून्य भयो। तर, काठमाडौंमा भने कोभिड उनका लागि अवसर बन्यो। लकडाउनका कारण आवतजावत ठप्प भएको बेला उनले काठमाडौंमा पिज्जाको होम डेलिभरी सुरु गरे। धुम्बाराहीमा रहेको स्टलबाट पिज्जा तयार गरेर उनले अनलाइन अर्डरअनुसार पिज्जा बिक्री गरेको अनुभव सुनाए। कोभिड अगाडि ७५ वटा पिज्जा पनि बिक्री गर्न हम्मेहम्मे हुने गरेकोमा गुरुङले लकडाउनमा दैनिक १५० वटासम्म पिज्जा बेचे।

पोखरा पिज्जा हाउस सञ्चालनमा ल्याउनुको पछाडि पनि रोचक किस्सा छ। ११ वर्षअघि कोरियाबाट फर्किएपछि उनमा व्यवसाय गर्ने सोच पलायो। तर, के गर्ने भन्ने उनीसँग आइडिया थिएन। कोरियनहरुले पिज्जा अत्यधिक मन पराएको उनले देखेका थिए। पोखरा पर्यटकीय नगरी भएकाले विदेशीहरुले पिज्जाको माग गर्न सक्ने देखेर उनले पिज्जा हाउस खोले अनि मात्र १५० रुपैयाँ प्रतिगोटामा पिज्जा बेच्न थाले। 'त्यो बेला भर्खर भर्खर पिज्जाको क्रेज बढ्न थालेको थियो। पिज्जा भन्नासाथ हाइ लेभलको खाना भन्ने थियो तर, मैले बनाएको पिज्जा तल्लो लेभलसम्म पुग्नुपर्छ भन्ने सोच राखेर १५० रुपैयाँमा पिज्जा बिक्री गर्न थालें,' उनी सम्झिन्छन्।  

worldlink

प्रकाशित: Nov 01, 2022| 12:30. 00 मंगलबार, कात्तिक १५, २०७९

थप समाचार

सातै प्रदेशमा महासंघ प्रदेश अध्यक्ष सर्वसम्मत चुनिए

महासंघको केन्द्रीय नेतृत्वका लागि साधारणसभा एवं निर्वाचन आगामी २९ चैतमा हुने कार्यतालिका छ।

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेन्डर सार्वजनिक

बैंकले हरेक वर्ष आफ्नो क्यालेन्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ।

राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर मादी

४४ मेगावाटको जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनासाथा आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको हो।

महिला उद्यमशीलतालाई समृद्धिसँग जोड्न प्रधानमन्त्री प्रचण्डको आग्रह

पछिल्लो समय राजनीति, कर्मचारी संयन्त्र र उद्यम, व्यवसाय सबैतिर महिलाको सहभागिता बढ्दैै गएकाले देशलाई समृद्ध बनाउन नीति निर्माण तहमा अझ बढी जिम्मेवारी दिनुपर्ने प्रधानमन्त्री प्रचण्डको...

गिर्दो अर्थतन्त्रलाई लिएर उद्योग, व्यवसायीसँग निरन्तर छलफलमा छौं : मन्त्री नारायणकाजी 

मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेकाले समाधानका लागि  सम्बन्धित पक्षसँग परामर्श गरी प्रभावकारी कदम चालिने मन्त्री श्रेष्ठको धारणा।