बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम र जनकपुरले पोखरासँग भिड्दै

एनपिएलमा आज लुम्बिनीले सुदूरपश्चिम र जनकपुरले पोखरासँग भिड्दै

 |  बिहीबार, मंसिर ११, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं- राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपराह्न ४:०० बजे हुनेछ।

रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौं स्थानमा छ।

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ। यो टोलीले ६ अङ्क बटुलेको छ

अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन्। यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए।

प्रकाशित: Nov 27, 2025| 07:44 बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्