शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यी हुन् ट्विटरमा १० करोडभन्दा बढी फलोअर भएका व्यक्ति

यी हुन् ट्विटरमा १० करोडभन्दा बढी फलोअर भएका व्यक्ति

बिहीबार ट्विटर खरिदको अन्तिम निर्णयपछि एलन मस्कका फलोअर बढ्न थालेका छन्। ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौतासँगै ट्वीटर एलन मस्कको निजी कम्पनी बनेको छ।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं- ट्विटरमा सबैभन्दा बढी फलोअर कसका होलान्? ट्विटरमा १० करोडभन्दा बढी फलोअर भएका ६ वटा अकाउन्ट छन्। यसमा राजनीतिज्ञ, गायक/गायिका, उद्यमी र फुटबलरसम्म छन्। 

National life

१३ करोड ३४ लाख फलोअरका साथ बाराक ओबामा शीर्ष स्थानमा छन्। उनी अमेरिकाका ४४औँ राष्ट्रपति हुन्। 

यसका साथै ११ करोड ३८ लाख फलोअरका साथ क्यानडाका पप गायक जस्टिन बिबर दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा ११ करोड २० लाख फलोअरका साथ ट्वीटरका नयाँ मालिक तथा टेस्ला र स्पेस एक्सका कार्यकारी अधिकृत एलन मस्क रहेका छन्।

मस्क सबैभन्दा बढी सक्रिय हुने माध्यम नै ट्विटर भएकाले र पछिल्लो समय उनको चर्चा दिनानुदिन बढ्नुले फलोअर बढेको केही प्रयोगकर्ताको बुझाई छ।

बिहीबार ट्विटर खरिदको अन्तिम निर्णयपछि एलन मस्कका फलोअर बढ्न थालेका छन्। ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौतासँगै ट्वीटर एलन मस्कको निजी कम्पनी बनेको छ। मस्कले ११ करोडको आँकडा पार गरेका छन्। यससँगै एलन मस्क सर्वाधिक फलोअर हुनेहरूमध्ये तेस्रो स्थानमा उक्लिएका छन्। 

Shivam cement

१० करोड ८० लाख फलोअर भएकी अमेरिकी गायिका क्याट्टी पेर्री चौथौ स्थानमा छन्। पाचौँ स्थानमा गायिका रिहन्ना छन्। उनको एकाउन्टलाई १० करोड ६८ लाख प्रयोगकर्ताले फलो गरेका छन्।

फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा छन्। उनको अकाउन्टमा १० करोड ४२ लाख फलोअर छन्।

प्रकाशित: Oct 31, 2022| 21:05 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्