शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन चालू आवभित्रै

रसुवागढी जलविद्युत् आयोजनाको विजुली उत्पादन चालू आवभित्रै

उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ। भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

रसुवा- उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत् उत्पादन गरिने भएको छ। भूमिगत संरचनाबाट एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको छ।

National life

जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिकरूपले आगामी चैतदेखि परीक्षण सुरू गरिनेछ। साथै, चालू आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्नका लागि प्राविधिकहरु जुटेका हुन्। 

भूमिगतरूपले हिमाली जिल्ला रसुवाको भिरपाखोमा नमूनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपश्चात् प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थियो।

चिलिमेको निर्मातामध्येका एक सदस्य एवं रसुवागढी जलविद्युत् कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाइ भएको थियो। 

रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानमा छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका कारण २०७९ सालभित्रै परीक्षण उत्पादन गराउने लक्ष्य लिइ प्राविधिक समूहले काम गरिरहेको हो।

Shivam cement

उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन्। उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकलका वरिष्ठ महाशाखा प्रमुख ई महेन्द्रप्रसाद यादवले बताए।

भोटेकोसी खोलाको बाँध, चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरूङ सर्चटैक, पेनस्टक, टेलरेस सुरूङ, भोटेकोसीबाट पानीसँगै सुरूङमा पस्ने बालुवालाई थिग्राउने पोखरीका  सम्पूर्ण  संरचना  निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको रसुवागढी जलविद्युत् कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए।          

आयोजनाका कार्यकारी निर्देशक छवि गैरेले भने, 'सबै प्रकारका अवरोध पार गरी पछिल्लो समय एकाग्ररूपमा द्रुतगतिले भएको उपकरण जडानकार्यबाट उल्लेखनीय प्रगति हासिल भइरहेका कारण आगामी चैतदेखि परीक्षणतर्फ केन्द्रित हुने लक्ष्य लिइएका छौं।'

सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको थियो। आयोजना निर्माणको समयावधि लम्बिएका कारण निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन्।

विसं २०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेरजानेमा प्राविधिकमाझ चिन्ता व्यक्त गरेका छन्। 

उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउनका लागि टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको विद्युत् हवमा लैजानका लागि १० किमी लामो अन्तरिक प्रसारणलाइनको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको वातावरण विज्ञ तेज साउथले बताएका छन्। 

रसुवागढी तथा साङ्जेन जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् राजधानी पुर्‍याउनका लागि राष्ट्रिय प्रसारण लाइन निर्माणको काम हाल जारी छ। नयाँ निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनमा  रसुवागढी, साङ्जेन, लाङ्टाङ खोला, लाङ्टाङ भोटेकोसी, अपर त्रिशूली-वानसमेतका आयोजनाबाट उत्पादन हुने विद्युत् जडान हुनेछ।

प्रकाशित: Oct 29, 2022| 22:50 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्