शुक्रबार, जेठ २९, २०८३

भारतले चिनी निर्यात प्रतिबन्ध अवधि बढायो

भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं– भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि थप्ने निर्णय गरेको छ।

National life

शुक्रबार सूचना जारी गर्दै भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो।

गत मेमा निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको र घरेलु बजारमा चिनीको भाउ बढेको भन्दै भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो। 

यसअघि भारतीय सरकारी अधिकारीले यस वर्ष भारतको उखु उत्पादन अहिलेसम्मकै उच्च हुने बताएका थिए। उनीहरुले यस वर्ष उत्पादन भएको उखु उत्पादनका आधारमा सरकारले ८० लाख टन चिनी निर्यात गर्न सक्ने बताएका थिए। 

भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी नर्यातमा रोक लगाएको थियो। भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो।

Shivam cement

प्रकाशित: Oct 29, 2022| 13:15 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्