बिहीबार, भदौ २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालीकोटमा बम विस्फोट : एक बालिकाको मृत्यु, चार बालबालिका घाइते

कालीकोटमा बम विस्फोट : एक बालिकाको मृत्यु, चार बालबालिका घाइते

कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको ज्यान गएको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

कालिकोट- कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको ज्यान गएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४ वर्षीय झरना थापा रहेकी छन्।

शनिबार बिहान करिब ८ बजे बम विस्फोट कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।

यस्तै घाइते हुनेमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका शर्माले बताए। 

घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। 

गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्। घाइते बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनास्थलमा बम कसले र किन राखेको हो भन्नेबारे खुल्न नसकेको प्रहरीको भनाइ छ।

प्रकाशित: Oct 29, 2022| 11:31 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।