काठमाडौं- इलाममा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
इलाम गोदक सिलपुर नजिकै भएको दुर्घटनामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ। नाम्सालिङबाट बिरामी लिएर उपचारको लागि इलाम जाँदै गरेको पिकअप दुर्घटना हुँदा एन जनाको ज्यान गएको र उनको नाम खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
दुर्घटना शुक्रबार साँझ ७ बजे तिर भएको हो।