काठमाडौं- सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा हिजो बेलुकी दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा मोरङको बूढीगङ्गाका ३० वर्षका ओजराज लुइँटेल, धरान उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षका राजन राई र ३२ वर्षका शम्भु राई रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।
विराटनगरबाट इटहरी जाँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ४४११ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। दुर्घटनामा परेका तीनै जनाको उपचारका क्रममा राति नै ज्यान गएको हो।