सोमबार, वैशाख २८, २०८३

भंगहा नगरपालिकामा जारी कर्फ्यु हट्यो

जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका-८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ। उक्त क्षेत्रको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

महोत्तरी- जिल्ला प्रशासन कार्यालय महोत्तरीले भंगहा नगरपालिका-८ पररियाटोलमा लगाएको कर्फ्यु हटाइएको छ। उक्त क्षेत्रको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

National life

सो क्षेत्रको अवस्था समान्य भएपछि सुरक्षा संयन्त्रको बैठकले गरिएको सहमति अनुसार कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गएराति १० बजेदेखि कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अवस्था सामान्य भएपछि स्थानीयले अहिले छठको तयारी गर्नमा व्यस्त रहेका छन्।

गत बिहीबार हिन्दू र मुश्लिम समुदायका पक्षबीच झडप भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु लगाएको थियो।

उक्त घटनाको निष्पक्ष रुपमा छानविन गर्नका लागि गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। सो समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।

भंगहा-८ को पररिया टोलमा दुई पक्षबीच भएको झडपमा परि १५ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूको विभिन्न स्थानमा उपचार भइरहेको छ।

बिहीबार हिन्दु सम्राट् सेना नामक एक सङ्गठनले निकालेको र्‍यालीमा एक समूहले ढुंगा प्रहार गरेपछि तनावमय अवस्था भएको थियो। ततपश्चात दुवै समूहबीच भएको झडपको अवस्थालाई सामान्य गर्नका लागि प्रहरी परिचालन भएको थियो। 

प्रकाशित: Oct 29, 2022| 09:15 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।