सोमबार, वैशाख २८, २०८३

मछली नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु

कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

धनगढी- कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ। शुक्रबार धनगढी उपमहानगरपालिका–१ सन्तोषी टोलका अन्दाजी १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

National life

उनी धनगढीबाट मछली नदी नजिकै गोदावरी नगरपालिका पिकनिक गएका थिए। उनीसहित १२ जनाको टोली पिकनिक गएका थिए।

दिउँसो २ बजेतिर उक्त नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। खोजतलास गर्दा साढे ३ बजे आर्यन मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता जोशीले बताए।

प्रकाशित: Oct 29, 2022| 09:45 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।