सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साइकल लेन बनाउन बजेटको अभाव हुन दिँदैनौं : गृहमन्त्री खाण

साइकल लेन बनाउन बजेटको अभाव हुन दिँदैनौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन्।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन्। 

National life

रुपन्देहीको भैरहवादेखि तनहुँ जाँदै गरेका साइकल यात्रीलाई हरियो झण्डा फहराएर बिदाइ गर्ने क्रममा गृहमन्त्री खाणले  हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लिङले सहयोग पुग्ने बताए।

साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चार दिने साइकल यात्रा सुरु गरेको हो।

‘एकातिर पर्यटन प्रवर्द्धन हुन्छ भने अर्कोतिर  बढ्दो वायु प्रदूषण रोक्न सहयोग पुगिरहेको छ,’ खाणले भने, ‘यस्तो महत्वपूर्ण साइक्लिङलाई सबैले सम्वर्द्धन र  प्रवर्द्धन गर्नुपर्छ।’ 

गृहमन्त्री खाणले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर सरकारले साइकल लेन बनाउन बजेट विनियोजन गर्न कुनै कञ्जुस्याइँ नगर्ने जनाए। 

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बधित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको (रम्भा-मानुङकोटको) चार दिने साइकल यात्रा’ को  सुरुवात गरिएको यात्राका संयोजक राजेश खरेलले जानकारी दिए।

उनका अनुसार भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुको मानुङकोट पुग्ने छ। यात्रामा १६ जना साइकल यात्री सहभागी रहेका छन्।

प्रकाशित: Oct 29, 2022| 09:00 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।